लुम्बिनी विकास बैंकसहित ४ ओटा कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन सोमवार

लुम्बिनी विकास बैंकसहित ४ ओटा कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन सोमवार


बैकिङ्ग समाचार ।

लुम्बिनी विकास बैंकसहित चार ओटा कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन सोमवारसम्म रहेको छ । लुम्बिनी विकास बैंक, हिमालयन बैंक, मितेरी डेभलपमेण्ट बैंक र एनएमबि लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने दिन सोमवार रहेको छ ।

 ती चार ओटै कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि पुस १४ गते बुक क्लोज गरेसँगै पुस १३ सोमवारसम्म शेयर कायम गर्नुपर्ने हुन्छ ।
 

लुम्बिनी विकास बैंकले गत आवको मुनाफाबाट शेयरधनीलाई यसवर्ष ७ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले उक्त प्रस्ताव पारित गर्नका लागि पुस २६ गते साधारण सभा बोलाएको छ । 

त्यसैगरी हिमालयन बैंकले १४ प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद लाभांश, मितेरी डेभलमपेण्ट बैंकले १५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ७९ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको छ । 

ती दुबै कम्पनीले लाभांश पारित गर्न पुस २७ गते साधारण सभा बोलाएका छन् । त्यसैगरी एनएमबि लघुवित्त वित्तीय संस्थाले १६ प्रतिशत बोनस शेयर र १ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारित गर्नको लागि कम्पनीले पनि पुस २७ गते साधारण सभा आयोजना गर्न लागेको हो ।