नेप्सेले लागू गर्‍यो तथ्यांक प्रयोग सम्बन्धी कार्यविधि, व्यक्तिगत प्रयोजनका लागि तथ्यांक प्रयोग गर्दा शुल्क तिर्नुपर्ने

नेप्सेले लागू गर्‍यो तथ्यांक प्रयोग सम्बन्धी कार्यविधि, व्यक्तिगत प्रयोजनका लागि तथ्यांक प्रयोग गर्दा शुल्क तिर्नुपर्ने


बैकिङ्ग समाचार ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले तथ्यांक प्रयोग सम्बन्धी कार्यविधि, २०७७ लागू गरेको छ । 

नेप्सेमा कारोबार पछि उत्पन्न भएका तथ्यांक, धितोपत्र मूल्यमा प्रभाव पार्ने सूचना तथा समितिले समय- समयमा वितरण योग्य भनि तोकिएको तथ्यांक प्रयोगका लागि नेप्सेले कार्यविधि बनाएर लागू गरेको हो । 

यो कार्यविधि पुस १ गतेदेखिनै लागू भएको नेप्सेको भनाइ छ । कार्यविधि लागू भएसँगै अव नेप्सेको तथ्यांक व्यक्तिगत प्रयोजनमा प्रयोग गर्नका लागि तोकिएको शूल्क तिर्नुपर्ने भएको छ । इन्भेष्टमेण्ट कम्पनी, विश्लेषक, सञ्चार माध्यमका साथै गैर व्यापारिक शैक्षिक तथा अनुसन्धानात्मक संस्थाहरुले नेप्सेको तथ्यांक प्राप्त गर्न सक्नेछन् ।

तर त्यसका लागि नेप्सेलाई प्रतिमहिना शुल्क तिर्नुपर्ने हुन्छ । नेप्सेको कुनै पनि तथ्यांक प्रयोगकर्ताले नेप्से समक्ष स्पष्ट उदेश्यसमेत खुलाई सम्झौता गर्नुपर्नेछ । नियामक वा अनुसन्धान निकायहरुबाट माग भई आएका तथ्यांक भने नि : शुल्क उपलब्ध गराइने नेप्सले बताएको छ । प्रयोगकर्ताहरुले अनाधिकृत रुपमा तथ्यांक प्रयोग गरेको पाईएमा नेप्सेले उक्त प्रयोगकर्ताको सेवा अवरुद्धसमेत गर्नेछ । 

त्यसो त तथ्यांकको अनधिकृत प्रयोगले क्षति हुन गएमा नेप्से समितिले तोके बमोजिमको जरिवाना पनि भराउन सक्ने व्यवस्था कार्यविधिमा उल्लेख छ ।

\"\"