बैकिङ्ग समाचार ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले तथ्यांक प्रयोग सम्बन्धी कार्यविधि, २०७७ लागू गरेको छ ।
नेप्सेमा कारोबार पछि उत्पन्न भएका तथ्यांक, धितोपत्र मूल्यमा प्रभाव पार्ने सूचना तथा समितिले समय- समयमा वितरण योग्य भनि तोकिएको तथ्यांक प्रयोगका लागि नेप्सेले कार्यविधि बनाएर लागू गरेको हो ।
यो कार्यविधि पुस १ गतेदेखिनै लागू भएको नेप्सेको भनाइ छ । कार्यविधि लागू भएसँगै अव नेप्सेको तथ्यांक व्यक्तिगत प्रयोजनमा प्रयोग गर्नका लागि तोकिएको शूल्क तिर्नुपर्ने भएको छ । इन्भेष्टमेण्ट कम्पनी, विश्लेषक, सञ्चार माध्यमका साथै गैर व्यापारिक शैक्षिक तथा अनुसन्धानात्मक संस्थाहरुले नेप्सेको तथ्यांक प्राप्त गर्न सक्नेछन् ।
तर त्यसका लागि नेप्सेलाई प्रतिमहिना शुल्क तिर्नुपर्ने हुन्छ । नेप्सेको कुनै पनि तथ्यांक प्रयोगकर्ताले नेप्से समक्ष स्पष्ट उदेश्यसमेत खुलाई सम्झौता गर्नुपर्नेछ । नियामक वा अनुसन्धान निकायहरुबाट माग भई आएका तथ्यांक भने नि : शुल्क उपलब्ध गराइने नेप्सले बताएको छ । प्रयोगकर्ताहरुले अनाधिकृत रुपमा तथ्यांक प्रयोग गरेको पाईएमा नेप्सेले उक्त प्रयोगकर्ताको सेवा अवरुद्धसमेत गर्नेछ ।
त्यसो त तथ्यांकको अनधिकृत प्रयोगले क्षति हुन गएमा नेप्से समितिले तोके बमोजिमको जरिवाना पनि भराउन सक्ने व्यवस्था कार्यविधिमा उल्लेख छ ।
प्रतिक्रिया