सिद्धार्थ बैंक १९ औं वर्षमा

सिद्धार्थ बैंक १९ औं वर्षमा


बैकिङ्ग समाचार ।

सिद्धार्थ बैंकले १८ वर्ष पूरा गरेको छ । १७ औं वाणिज्य बैंकको रुपमा २०५९ सालमा स्थापित बैंकको हाल चुक्ता ९ अर्ब ८७ करोड चुक्ता पुँजीसहित १६ अर्ब बराबरको सम्पति छ । बैंकले १५७ अर्व निक्षेप संकलन गरी १३६ अर्ब बराबरको कर्जा प्रवाह गरेको छ भने देशभरका १८८ शाखा एवं सेवा केन्द्रमार्फत १० लाखभन्दा बढी सेवाग्राहीलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आइरहेको जनाएको छ ।
बैंकले डिजिटल माध्यमलाई अधिकतम महत्व दिँदै सुरक्षित तवरले आधुनिक सूचना प्रविधिको माध्यमबाट विभिन्न कार्ड सेवा, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ, अनलाइनबाटै खाता खोल्न सकिने जस्ता बैंकिङ सुविधा प्रदान गर्दै आएको जनाएको छ । बैंकले करिब २ हजार ५ सय व्यक्तिलाई प्रत्यक्ष रोजगारीको अवसर प्रदान गरेको छ भने राजस्वमा गतवर्ष मात्रै २ अर्ब बढीको योगदान पु¥याएको जनाएको छ ।
बैंकले लगानीलाई उत्पादनमुलक क्षेत्रतर्फ केन्द्रित गर्दै अर्थतन्त्रकै महत्वपूर्ण आधार मानिएका कृषि, पर्यटन, उर्जा तथा औद्योगिक उत्पादनका क्षेत्रमा उल्लेख्य कर्जा लगानी गरेको जनाएको छ । त्यसैगरी देशको आर्थिक विकासको लागि उद्यमशीलता अभिवृद्धिमा जोड रहि आएको भन्दै लघु, साना तथा मझौलास्तरका उद्यम व्यवसायलाई लक्षित गरी कर्जा लगानी गर्ने नीति अवलम्बन गरी सोहीअनुसार बैंकले कर्जा प्रवाह गरिरहेको बैंकले जनाएको छ । ग्राहकलाई डिजिटल बैंकिङ प्रणालीतर्फ आकर्षित गराउन विभिन्न प्रकारका क्यासब्याक योजना पनि सार्वजनिक गरेको बैंकले जनाएको छ ।