पूँजी बजारको विकास र विस्तारका लागि नेप्से र मर्चेन्ट बैंकर्सको संयुक्त मञ्च निर्माण गरिने

पूँजी बजारको विकास र विस्तारका लागि नेप्से र मर्चेन्ट बैंकर्सको संयुक्त मञ्च निर्माण गरिने


बैकिङ्ग समाचार ।

नेपालको पूँजी बजारको विकास र विस्तारका लागि नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) र मर्चेन्ट बैंकर्स एसोसिएसन अफ नेपालको संयुक्त मञ्च निर्माण गरिने भएको छ ।

मर्चेन्ट बैंकर्स एसोसिएसन अफ नेपालको नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना व्यक्त गर्न आयोजित कार्यक्रममा संयुक्त मञ्च निर्माण गरिने सहमति भएको हो । यस्तो मञ्चले पूँजी बजार सम्बद्ध नीतिगत र प्राविधिक विषयमा छलफललाई निरन्तरता दिने नेप्सेले जनाएको छ ।

मर्चेन्ट बैंकर्स एसोसिएसन अफ नेपालका नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना व्यक्त गर्दे नेप्सका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले
नेप्से र एसोसिएसनबीच पूँजी बजारका विभिन्न पक्षमा सहकार्य र समन्वय गरिने बताए । एशोसिएसनका नवनिर्वाचित अध्यक्ष मेख बहादुर थापाले पूँजी बजारको विकास र विस्तारका लागि गरिने नीतिगत तथा प्राविधिक विषयमा संघसँग छलफल गर्नुपर्नेमा जोड दिएका थिए ।

नेप्से कार्यालयमा भएको भेटघाटमा एशोसिएसनका नवनिर्वाचित अध्यक्ष मेख बहादुर थापा, निवर्तमान अध्यक्ष ध्रुव तिमिल्सिना, उपाध्यक्ष विजयलाल श्रेष्ठ, महासचिव पारसमणि ढकाल, कोषाध्यक्ष रमेन्द्र रायमाझी, सदस्यद्वय दिपेश वैद्य तथा नारायणप्रसाद घिमिरे र नेप्सेका कामु प्रवन्धक निरन्जन फुयालको उपस्थिति थियो ।