नेपाल इन्फ्रास्ट्रकचर बैंकको ८ अर्बको आईपिओ स्वीकृत

नेपाल इन्फ्रास्ट्रकचर बैंकको ८ अर्बको आईपिओ स्वीकृत


बैकिङ्ग समाचार ।

नेपाल इन्फ्रास्ट्रकचर बैंकले आईपिओ निष्काशनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले  पुस १० गते शुक्रबार आईपिओ निष्काशनको अनुमति दिएको हो । 

यस संगै अब  बैंकले एक सय रुपैयाँ अंकित दरका ८ करोड कित्ता शेयर अर्थात ८ अर्ब बराबरको आईपिओ निष्काशन गर्ने छ।   हाल बैंकको चुक्ता पुँजी १२ अर्ब रहेकोमा आईपिओ निष्काशनपछि पुँजी २० अर्ब पुग्ने छ । नेपाली बजारमा आउँन लागेको यो हालसम्म कै ठुलो आईपिओ हो । 

आईपिओ निष्काशनको लागि एनआइबिएल एस क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।

मुलुक भित्र तथा मुलुक बाहिरबाट दीर्घकालीन स्रोत संकलन गरी देशको पूर्वाधार विकासका परियोजनाहरुमा मात्र लगानी गर्ने उद्देश्य लिई यो बैंक स्थापना भएको हो । बैंकले आव २०७६/७७ मा जलविद्युत, सिमेन्ट क्लिङ्कराइजेशन एवं सौर्य उर्जा समेत ५ वटा परियोजनाहरुमा ६ अर्ब कर्जा स्वीकृत गरी ५० करोड कर्जा प्रवाह गरेकोमा चालु आवमा ३ वटा परियोजनाहरुमा २ अर्ब ८५ करोडको थप कर्जा स्वीकृत गर्दै हालसम्म जम्मा ८ अर्ब ८५ करोड बराबरको कर्जा स्वीकृत गरेको छ ।