प्रभु बैंकको नयाँ निक्षेप योजना 

प्रभु बैंकको नयाँ निक्षेप योजना 

राजु ढुङ्गेल
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैकिङ्ग समाचार ।
प्रभु बैंकले कलेज अध्ययनरत विद्यार्थीहरु तथा कर्मचारीहरुलाई लक्षित गर्दै ‘प्रभु गुडलक बचत’ नामक नयाँ निक्षेप योजना सञ्चालनमा ल्याएको छ । 

शून्य मौजदातमा खाता खोल्न सकिने यो बचत खाता खोल्ना साथ खातामा बैंकको तर्फबाट  १०० जम्मा गरिदिने व्यवस्था मिलाईएको बैंकले जनाएको छ । 

यो योजना अन्तर्गत खाता खोल्ने खाता धनीहरुलाई वार्षिक ६।५ प्रतिशत ब्याज, डिम्याट खाता, मेरो शेयर अनलाइन सेवा, डेबिट कार्ड, अन्तरशाखा कारोबार, इन्टरनेट बैंकिङ्ग, मोवाइल बैकिङ्ग लगायतका सेवाहरु निःशुल्क रुपमा उपलब्ध हुने बैंकले जनाएको छ । 

यो योजना अन्तर्गत खाता खोल्ने खाता धनीहरुलाई बैंकले आफ्नो सहायक कम्पनी प्रभु क्यापिटल लि सँगको आवश्यक समन्वय तथा सहकार्यमा सम्बन्धित कलेज तथा विश्वविद्यालयहरुमै गएर पूँजीबजारसँग सम्बन्धित लगानीका अवसरबारे परामर्श प्रदान गर्ने व्यवस्था रहेको बैंकले जनाएको छ ।