सानिमा बैंकको सहकार्यमा नक्साल तरकारी बजारमा डिजिटल भुक्तानी सेवा

सानिमा बैंकको सहकार्यमा नक्साल तरकारी बजारमा डिजिटल भुक्तानी सेवा


बैकिङ्ग समाचार ।

सानिमा बैंकले काठमाण्डौ स्थित नक्साल तरकारी बजारमा क्यूआर कोड बाट भुक्तानी कार्यक्रम सुरु गरेकोे छ ।

बैंकले नेपाल राष्ट्र बैंकको पहलमा डिजिटल वित्तीय प्रणलिको विकास तथा प्रवद्र्धन गर्न तरकारी बजारमा डिजिटल भुक्तानी सेवा सुरु गरेको जनाएको छ ।

नेपाल राष्ट्र बैंक, सानिमा बैंक र नक्साल तरकारी बजारको समन्वयमा यहि पुस १० गते आयोजित एक कार्यक्रमकाबीच राष्ट्र बैंकका गभर्नरमहाप्रसाद अधिकारीबाट फलफुल तथा तरकारी खरिद गर्दा क्यूआर कोड बाट भुक्तानी सेवा सुरुवात गरिएको हो।

दैनिक उपभोग गर्ने वस्तुको खरिदमा डिजिटल बैंकिङको प्रयोगलाई बढवा दिन यो नमुना मोडल थालनी गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन कुमार दाहालले बताए । डिजिटल भुक्तानीलाई सहजिकरण गर्न सानिमा बैंकले नक्साल तरकारी बजारमा बिक्रेताहरुलाई नि शुल्क वाइफाइको व्यवस्था समेत गरेको उनले जानकारी दिए।

तरकारी बजारमा सुरु भएको यसप्रकारको कारोबारले खुद्रा पैसाको झन्जट नहुने , जुनसुकै समयमा पनि नि शुल्क कारोबार गर्न सकिने तथा ग्राहकबाट भुक्तानी भएको रकम बैंकमा जम्मा हुने हुँदा क्यूआर कारोबारबाट निकै सरल र सुरक्षित हुने बैंकको भनाई छ ।

सो कार्यक्रममा नेपाल राष्ट्रबैंक र सानिमा बैंकका कर्मचारी लगायत उपस्थित दर्शक तथा ग्राहकहरुले पनि फेनेपी सञ्जाल अन्तर्गतका क्यूआर कोडबाट भुक्तानी गरि डिजिटल बैकिङको अनुभव लिएका थिए ।