कामना सेवाको नयाँ विस्तारित शाखा शान्तिनगरमा

सुरेश शर्मा
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैकिङ्ग समाचार ।

कामना सेवा विकास बैंकले नयाँ विस्तारित शाखा सञ्चालनमा ल्याएको छ । बैंकले काठमाडौंको शान्तिनगरस्थित बानेश्वर बहुमुखी क्याम्पसमा शुक्रबारबाट सो शाखा सञ्चालनमा ल्याएको हो ।

बैंकका अध्यक्ष सुदीप आर्चाय तथा क्याम्पसका प्रा.डा. घमान सिंह खड्काले संयुक्त रुपमा विस्तारीत शाखाको समुद्घाटन गरेका हुन् ।

क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुले क्याम्पसमा लाग्ने सम्पूर्ण शुल्क तथा दस्तुर सो शाखाबाट नै भुक्तानी गर्न सकिने बैंकले जनाएको छ ।