एनएमबी बैंकको नयाँ ब्याजदर सार्वजनिक

एनएमबी बैंकको नयाँ ब्याजदर सार्वजनिक


बैकिङ्ग समाचार ।

एनएमबी बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदरमा मुद्दती निक्षेपमा व्यक्तिगत तर्फ ९.२५ र संस्थागत तर्फ ८.५० प्रतिशत ब्याज रहेको छ ।

यता बचतमा भने बैंकले सबैभन्दा बढी ६.५० र सबैभन्दा कम ०.२५ प्रतिशतसम्म ब्याज दिने गरेको छ । हाल बैंकको ५५ वटा भन्दा बढी बचतको योजना रहेको छ ।

बैंकले कर्जाको पनि ब्याजदर सार्वजनिक गरेको छ । माघ सम्मको बैंकको आधार दर १०.५१ प्रतिशत रहेको छ ।

बैंकबाट कर्जा लिँदा सबैभन्दा बढी १८.६५ प्रतिशतसम्म ब्याज लाग्ने छ । बैंकबाट हाउजिङ, ल्याण्ड पर्चेज, अटो, पर्सनल, शैक्षिक धितोकर्जा, मोटर बाइक लोन लिँदा १८.६५ प्रतिशतसम्म ब्याज लाग्ने छ । यस्तै एसएमई लोन लिन १७.१५ प्रतिशत ब्याज लाग्ने छ ।