नेपाल बंगलादेश बैंकको ६% बोनसमा मूल्य समायोजन, कतिमा खुल्नेछ कारोबार ?

नेपाल बंगलादेश बैंकको ६% बोनसमा मूल्य समायोजन, कतिमा खुल्नेछ कारोबार ?


बैकिङ्ग समाचार ।

नेपाल बंगलादेश बैंकको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले यस बैंकको ६% बोनस सेयरपछिको भाउ समायोजन गरेको हो । समायोजनपछि २५० रुपैयाँ निर्धारण भएको छ । यही मूल्यलाई आधार मानेर आइतबार सेयर कारोबार खुल्नेछ । नेप्सेले अघिल्लो कारोबार दिन बिहीबारको अन्तिम कारोबार मूल्य २६५ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो । यता, बैंकले पुस २६ गते वार्षिक साधारण सभा गर्दैछ । सभा प्रयोजनका लागि बैंकले आज (पुस १० गते) एकदिन बुक क्लोज गर्ने भएको छ ।

पुस ९ गतेसम्म कायम रहने सेयरधनीले लाभांश पाउनेछन् । सभामा बैंकले ६% बोनस सेयर र कर सहित २.४२% नगद लाभांश गरी कुल ८.४२% लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । साथै, सभामा प्रबन्धपत्र तथा नियमावली संशोधनका लागि आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका एजेन्डा पनि रहेका छन् ।