नागरिक लगानी कोषले पुस २८ गतेदेखि हकप्रद निष्काशन गर्ने

नागरिक लगानी कोषले पुस २८ गतेदेखि हकप्रद निष्काशन गर्ने


बैकिङ्ग समाचार ।

नागरिक लगानी कोषले पुस २८ गतेदेखि हकप्रद निष्काशन गर्ने भएको छ । कोषले चुक्ता पूँजीको ८२ प्रतिशत अर्थात १ करोड ३५ लाख ९२ हजार ५९२ कित्ता हकप्रद निष्काशन गर्ने भएको हो ।

 

कोषले १० कित्ता शेयर बराबर ८.२८४ कित्ता अनुपातमा १ अर्ब ३५ करोड ९२ लाख ५९ हजार २०० रुपैयाँ बराबरको १ करोड ३५ लाख ९२ हजार ५९२ कित्ता हकप्रद शेयर बिक्रीमा ल्याउने भएको हो ।

कोषको हकप्रदमो बिक्री प्रबन्धक आरबिबि मर्चेण्ट बैंकिङ्ग, टेकु काठमाडौँ, राष्ट्रिय वाणिज्य बैंकका केहि शाखा कार्यालयहरू, नागरिक लगानी कोषको  कार्यालय र नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट माघ १९ गते सम्म आबेदन गर्न सकिनेछ ।

कोषले हकप्रद शेयर निष्काशन प्रयोजनका लागि पुस १४ गते बुक क्लोज मिति तोकिएको छ । त्यस अनुसार पुस १३ गतेसम्म कायम शेयरधनीले मात्रै हकप्रदमा आबेदन दिन सकिनेछ ।