एनआईसी एशिया बैंकले दुई कम्पनीको ३ लाख ३२ हजार कित्ता शेयर लिलामी बिक्री गर्दै

एनआईसी एशिया बैंकले दुई कम्पनीको ३ लाख ३२ हजार कित्ता शेयर लिलामी बिक्री गर्दै


बैकिङ्ग समाचार ।

एनआईसी एशिया बैंकले आफ्नो स्वामित्वमा रहेका दुई कम्पम्पनीको ३ लाख ३२ हजार कित्ता संस्थापक शेयर बिक्री खुला गरेको छ ।  बैंकले सूर्या लाइफ इन्स्योरेन्स र एशियन लाइफ इन्स्योरेन्सको शेयर बिक्री गर्न लागेको हो ।

बैंकले सूर्या लाइफ इन्स्योरेन्सको १ लाख ९२ हजार ९९४ कित्ता र एशियन लाइफ इन्स्योरेन्सको १ लाख ३९ हजार ४७० कित्ता संस्थापक शेयर बेच्न लागेको हो । बैंकले सूर्या लाइफ इन्स्योरेन्सको लिलामीमा रहेको शेयरको न्यूनतम मूल्य प्रतिकिता ३७५ रुपैयाँ र एसियन लाइफ इन्स्योरेन्सको बिक्रीमा रहेको शेयरको मूल्य ४६४ रुपैयाँ प्रतिकित्ता तोकेको छ ।

शेयर खरीद गर्न इच्छुक लगानीकर्ताले पुस १० गते शुक्रबारदेखि १६ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।

बोलपत्र आवेदन फारम एनआइसी क्यापिटल बबरमहल काठमाण्डौं , एनआइसी बैंकको कर्पोरेट कार्यलय ट्रेड टावर थापाथली काठमाण्डौं , र शाखा कार्यालयहरु विराटनगर मोरङ, वीरगञ्ज पर्सा, महेन्द्रपुल पोखरा, श्रवनपथ बुटवल, हस्पिटल लाइन धनगढी र विरेन्द्रचोक सुर्खेत शाखा कार्यलयबाट पेश गर्न सकिनेछ ।

शेयर खरिदका लागि बोलकबोल गर्दा दुबै कम्पनीको हकमा न्युनतम १०० कित्ता वा से भन्दा माथी १० ले भाग जाने गरी अधिकतममा सम्पूर्ण कित्ता शेयरका लागि आवेदन दिन सकिनेछ ।

बोलपत्र आवेदन फारम भर्दा आफुले लिन चाहेको शेयर कित्ता संख्या, प्रतिकित्ताको दर रेट अंक र अक्षरमा स्पष्ट लेख्नुपर्नेछ ।