प्रभु लाइफको आईपीओ ५ लाख ४० हजारले पाउँदा ५ लाख बढीको हात खाली

प्रभु लाइफको आईपीओ ५ लाख ४० हजारले पाउँदा ५ लाख बढीको हात खाली


बैकिङ्ग समाचार ।

प्रभु लाइफ इन्स्योरेन्सले सर्वसाधारणमा निष्काशन गरेको प्राथमिक शेयर ५ लाख ४० हजार आवेदकले १० कित्ताका दरले पाएका छन् ।

कम्पनीको शेयर बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार क्यापिटलको कार्यालयमा बिहान ११ बजे शेयर बाँडफाँड गरिएको हो।

कम्पनीको आईपीओमा १० लाख ५१ हजार २१६ जनाले आवेदन गरेकोमा २ हजार १६९ आवेदन रद्ध भएका थिए । सदर आवेदन १० लाख ४९ हजार ४७ लाई गोलाप्रथाबाट उक्त शेयर वितरण गरिएको हो ।

कम्पनीको शेयरमा आवेदन गरेका ५ लाख ११ हजार २१६ जनाले शेयर पाउन सकेनन् । जसमा २ हजार १६९ आवेदन रद्ध भएका थिए । आवेदन सदर भएका ५ लाख ९ हजार ४७ जनाले कम्पनीको आईपीओ पाउन सकेनन् ।

कम्पनीले मंसिर २९ गते देखि पुस २ गतेसम्म कूल ६० लाख कित्ता आईपीओ निष्काशनमा ल्याएको थियो । सो मध्ये सामुहिक लगानी कोष र कम्पनीका कर्मचारीलाई ३/३ लाख कित्ता छ्ट्टाएर ५४ लाख कित्ता शेयरका लागि सर्वसाधारणबाट आवेदन माग गरिएको थियो ।

कम्पनीको आईपीओमा कुल १० लाख ५१ हजार ५१६ वटा आवेदनबाट सर्वसाधारणबाट माग गरिएको ५४ लाख कित्ताको ५.१६ गुणा बी अर्थात २ करोड ७८ लाख ६८ हजार ८८० कित्ता शेयरको माग परेको थियो । जसमध्ये २ हजार १६९ वटा आवेदबाट परेको ४७ हजार ७२० कित्ताको आवेदन रद्ध भएको हो । दोहोरो आवेदनका कारण सो संख्यामा आवेदन रद्ध भएको हो। बाँकी १० लाख ४९ हजार ०४७ वटा आवेदनबाट परेको २ करोड ७८ लाख २१ हजार १६० कित्ताको आवेदन सदर भएको थियो।

आईपीओ बाँडफाँड भएपसँगै प्रभु लाइफको चुक्ता पूँजी दुई अर्ब पुगेको छ ।