तीन वाणिज्य बैंक सहित एकैदिन चार कम्पनीको शेयरमूल्य समायोजन

तीन वाणिज्य बैंक सहित एकैदिन चार कम्पनीको शेयरमूल्य समायोजन


बैकिङ्ग समाचार ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा शुक्रबार एकैदिन तीन वाणिज्य बैंक सहित चार कम्पनीको शेयरमूल्य समायोजन भएको छ ।

नेप्सेमा शुक्रबार एभरेष्ट बैंक, प्रभु बैंक, नेपाल बंगलादेश बैंक, र आरएसडिसी लघुवित्तको शेयरमूल्य समायोजन भएको हो । गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई वितरण गर्न लाभांश तथा साधारण सभा प्रयोजनका लागि चारवटै कम्पनीले शुक्रबार बुकक्लोज तोकेका थिए ।  बुकक्लोजसँगै नेप्सेले बोनस शेयरमा शुक्रबार शेयरमूल्य समायोजन गरी नयाँ मूल्य तोकेको हो ।

नेप्सेका अनुसार एरभेष्ट बैंकको ५ प्रतिशत बोनसपछि प्रतिकित्ता ६८१ रुपैयाँमा शेयरमूल्य समायोजन भएको छ । बैंकको बिहीबार ७१५ रुपैयाँमा अन्तिम पटक शेयर कारोबार भएको थियो। सोही मूल्यमा ५ प्रतिशत बोनस समायोजन भएको हो ।

यसैगरी प्रभु बैंकको १० प्रतिशत बोनसपछि प्रतिकित्ता ३४१ रुपैयाँमा शेयरमूल्य समायोजन भएको छ । बैंकको बिहीबार ३७५ रुपैयाँमा अन्तिम पटक शेयर कारोबार भएको थियो। सोही मूल्यमा १० प्रतिशत बोनस समायोजन भएको हो ।

नेपाल बैंगलादेश बैंकको पनि शुक्रबार नै शेयरमूल्य समायोजन भएको छ । बैंकको ६ प्रतिशत बोनसपछि प्रतिकित्ता २५० रुपैयाँमा शेयरमूल्य समायोजन भएको छ । बैंकको बिहीबार २६५ रुपैयाँमा अन्तिम पटक शेयर कारोबार भएको थियो। सोही मूल्यमा ६ प्रतिशत बोनस समायोजन भएको हो ।

उता आरएसडिसी लघुवित्तको पनि आजै शेयरमूल्य समायोजन भएको छ । लघुवित्तको ९ प्रतिशत बोनसपछि प्रतिकित्ता ५८१ रुपैयाँमा शेयरमूल्य समायोजन भएको छ । कम्पनीको बिहीबार ६३३ रुपैयाँमा अन्तिम पटक शेयर कराोबार भएको थियो। सोही मूल्यमा ९ प्रतिशत बोनस समायोजन भएको हो ।

शुक्रबार शेयरमूल्य समायोजन भएका चारवटै कम्पनीको शेयर आइतबार समायोजित भएको शेयरमूल्यलाई आधार मानेर नेप्सेमा पहिलो कारोबार खुल्नेछ ।