सुन–चाँदीको भाउ घट्यो

सुन–चाँदीको भाउ घट्यो


बैकिङ्ग समाचार । 

सुनचाँदीको भाउ घटेको छ । हिजोको तुलनामा आज सुन तोलामा ५ सयले सस्तो भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज (शुक्रबार) का लागि छापावाल सुन तोलाको ७९ हजार २ सय तोेकेको छ । 

हिजो तोलाको ७९ हजार ७ सयमा कारोबार भएको थियो । बुधबारको तुलनामा बिहीबार २ सयले बढेको थियो भने मंगलबार तोलाको ८० हजारमा कारोबार भएको थियो । 

यस्तै तेजाबी सुन पनि तोलामा ५ सयले घटेर ७८ हजार ९ सय कायम भएको महासंघले जनाएको छ । तेजाबी सुन हिजो तोलाको ७९ हजार ४ सयमा कारोबार भएको थियो । 

आज चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले घटेर ८ सय ८० कायम भएको छ । महासंघले आजका लागि चाँदीको भाउ तोलाको ८ सय ८० तोकेको हो । हिजो तोलाको ९ सयमा कारोबार भएको थियो ।