एनएमबी बैंक र सेलपे बीच सहकार्य, अनलाइन भुक्तानी अब मोबाइलबाटै, अरु यस्ता छन् सुविधा

एनएमबी बैंक र सेलपे बीच सहकार्य, अनलाइन भुक्तानी अब मोबाइलबाटै, अरु यस्ता छन् सुविधा


बैकिङ्ग समाचार ।

एनएमबी बैंकले सेलपेसँग सहकार्य गरेको छ। आफ्ना सबै ग्राहकहरुमा डिजिटल भुक्तानी सेवा प्रवर्द्धन गर्न बैंकले सेलपेसँग सहकार्य अघि बढाएको जनाएको छ।  

सहकार्य सम्झौतामा बैंकका प्रमुख व्यापार र रणनीतिक अधिकृत सुदेश उपाध्याय र सेलकमका प्रबन्ध निर्देशक पवन प्रधानले हस्ताक्षर गरेका छन्। सेलपेबाट मोबाइल तथा वेब ब्राउजरका माध्यमबाट उपभोक्ताहरुले आफ्नो बैंक खातामार्फत् विभिन्न भुक्तानीका साथै रकम पठाउन सक्ने सुविधा पाउन सक्ने छन्।

 

 

भुक्तानीलाई सुरक्षित तथा विश्वसनीय बनाउनका सेलपेले विभिन्न अन्तर्राष्ट्रिय मापदण्ड अपनाएर आफ्नो सुरक्षा प्रणाली विकास गरेको जनाएको छ। ग्राहकहरुले सेलपेमा आफ्ना खाता खोली अन्य बैंकमा वा त्यहाँबाट एनएमबी बैंकको खातामा दर्ता भएका मोबाइल नम्बरमार्फत् रकम पठाउन सक्ने छन्। 

सेलपेबाट मोबाइल टपअप, बिजुली, खानेपानी, इन्टरनेट, टिभी/सेटअप बक्सदेखि स्वदेशभित्र रेमिट्यान्स पठाउन वा पाउन, बिमा रकम भुक्तानी, इएमआई तथा शेयर कारोबारको भुक्तानी गर्न सकिने सुविधा रहेको सेलपेले जनाएको छ।