सेञ्चुरी बैंकले पुस २९ गते दुई आर्थिक वर्षको संयुक्त साधारण सभा गर्ने

सेञ्चुरी बैंकले पुस २९ गते दुई आर्थिक वर्षको संयुक्त साधारण सभा गर्ने


बैकिङ्ग समाचार ।

सेञ्चुरी कमर्सियल बैंकले पुस २९ गते विगत दुई आर्थिक वर्षको संयुक्त साधारण सभा बोलाएको छ । यस अघि चैत १४ गतेका लागि तय भएको नबौं वार्षिक साधारण सभा बैंकलले कोरोनाका कारण स्थगित गरेको थियो । बैंकले स्थगित उक्त सभा र दशौ वार्षिक साधारण सभा सयुक्त रुपमा गर्न लागेको हो । 

सभा आर्मी अफिसर्स क्लब भद्राकाली, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । नबौं वार्षिक साधारण सभाका लागि प्रस्ताव गरेको २ प्रतिशत बोनस शेयर पश्चात कायम  ८ अर्ब ५८ करोड ३७ लाख ८१ हजार रुपैयाँको आधारमा ५ दशमलव २५ प्रतिशत बोनस शेयर र २ दशमलव २५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । 

नबौं वार्षिक साधारण सभा प्रयोजनका लागि बैंकले फागुन ३० गते एक दिन बुक क्लोज गरेको थियो । दशौ वार्षिक साधारण सभाका लागि भने बैंकले पुस १६ गते एक दिन बुक क्लोज गर्ने भएको छ । दशौं वार्षिक साधारण सभाका लागि प्रस्तावित लाभांशका लागि भने पुस १५ गतेसम्म शेयर कायम गर्नुपर्नेछ ।