स्ट्याण्डर्ड चार्टर्ड बैंकको बाेनसपछि मूल्य समायोजन

स्ट्याण्डर्ड चार्टर्ड बैंकको बाेनसपछि मूल्य समायोजन


बैकिङ्ग समाचार ।

स्ट्याण्डर्ड चार्टर्ड बैंकको पुस ९ गते बिहिबार नेपाल स्टक एक्सचेञ्जमा शेयर मूल्य समायोजन भएको छ । गत आर्थिक वर्षको मुनाफबाट लाभांश वितरण गर्न बुक क्लोज गरेसंगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो ।

 

नेप्सेले बैंकको शेयरमूल्य समायोजन गरी प्रतिकित्ता ६१२ रूपैयाँ कायम गरेको छ । त्यस अनुसार बिहिबार कारोबार हुनेछ ।

नेप्सेले बुधबारको अन्तिम कारोबार मूल्य ६५५ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

बैंकको ७ प्रतिशत बोनस वितरण गर्न पौष २४ गते, शुक्रबार ३४औं वार्षिक साधारण सभा बोलाएको छ ।