३ वाणिज्य बैंक सहित ५ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

३ वाणिज्य बैंक सहित ५ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन


बैकिङ्ग समाचार ।

३ वटा वाणिज्य बैंक सहित ५ कम्पनीको लाभांश सुरक्षित गर्ने आज बिहिबार अन्तिम दिन रहेको छ । प्रभु बैंक, एभरेष्ट बैंक र नेपाल बंगलादेश बैंकले साधारणसभा प्रयोजनको लागि पुस १० गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज पुस ९ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन तथा लाभांश पाउन सक्ने छन् ।

प्रभु र नेपाल बंगलादेशले पुस २६ मा र एभरेष्टले पुस २७ मा  साधारणसभा आह्वान गरेका छन् । 

त्यस्तै आशा लघुवित्त र सिनर्जी पावरले साधारणसभा प्रयोजनको लागि पुस १२ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज पुस ९ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन तथा लाभांश पाउन सक्ने छन् ।

आशाले पुस २५ गते र सिनर्जीले पुस २२ गते साधारणसभा आह्वान गरेका छन् ।