बैंक अफ काठमाण्डूको ऋणपत्र बाँडफाँड

बैंक अफ काठमाण्डूको ऋणपत्र बाँडफाँड


बैकिङ्ग समाचार ।

बैंक अफ काठमाण्डू लिमिटेडले मंसिर २४ गतेदेखि २९ गतेसम्म निष्काशन तथा बिक्री खुला गरेको १ अर्ब ६० करोडको ऋणपत्र बाँडफाँड गरेको छ ।

बैंकले १० वर्ष अवधिको “१०.२५ प्रतिशत बि.ओ.के डिबेन्चर २०८६” नामक १ अर्ब ६० करोड रूपैयाँ बराबरको १६ लाख कित्ता इकाई ऋणपत्र सर्वसाधारणमा निष्काशन तथा बिक्री खुल्ला गरेको थियो । जसमध्ये बैंकले सर्वसाधारणका लागि ६ लाख ४० हजार कित्ता र बैंकले व्यक्तिगत तवरबाट विभिन्न संघ संस्थालाई ९ लाख ६० हजार कित्ता इकाई गरेको हो ।

बैंकको ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडले ऋणपत्र निष्काशन अवधिभर रितपुर्वक आवेदन दिने सम्पूर्ण आवेदकलाई माग अनुसारको नै ऋणपत्र पुस ८ गते बुधबार बाँडफाँड गरिएको जानकारी दिएको छ ।

सर्वसाधारणबाट ऋणपत्र खरीदका लागि १ हजार ८६९ जना आवेदकहरुबाट कूल ६५ हजार ८२० कित्ता ऋणपत्रको लागि आवेदन प्राप्त भएको बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्टले जनाएको छ ।

एक हजार ८६७ जना योग्य आवेदकहरुलाई कूल ६५ हजार ७७० कित्ता ऋणपत्र बाँडफाँड गरिएको छ भने २ वटा आवेदनबाट परेको २५ कित्ताको बावेदन दोहोरो परेका कारण रद्ध गरिएको छ ।

उता सर्वसाधारणबाट माग नभएको व्यक्तिगत तवरबाट ५ लाख ७४ हजार २३० कित्ता समेत गरी कूल १५ लाख ३४ हजार २३० कित्ता ऋणपत्र २६ वटा संघ संस्थालाई बैंकले व्यक्तिगत तवरबाट बिक्री गरेको छ ।

ऋणपत्रमा लगानी गर्नेले वार्षिक ८.५ प्रतिशत ब्याजदर अर्धवार्षिक रुपमा प्राप्त गर्नेछन् भने नेप्से मार्फत धितोपत्रको दोस्रो बजारमा समेत खरीद बिक्री गर्न सक्नेछन् ।