पोखरा फाइनान्सले आव्हान गर्‍यो साधारण सभा, ५.२६% लाभांशको प्रस्ताव

पोखरा फाइनान्सले आव्हान गर्‍यो साधारण सभा, ५.२६% लाभांशको प्रस्ताव


बैकिङ्ग समाचार । 

पोखरा फाइनान्स लिमिटेडले पुस २९ गते २४औं वार्षिक साधारण सभा आव्हान गरेको छ । कम्पनीले दरबारथोक ब्याङ्क्वेट, बाँस्तोलाथर, पोखरामा बिहान ९ बजेका लागि सभा बोलाएको हो । 

कोरोना महामारीको जोखिमलाई मध्यनजर गर्दै सभा भर्चुअल माध्यमबाट सम्पन्न गर्ने कम्पनीले जानकारी दिएको छ । कम्पनीको पुस ७ गते बसेको सञ्चालक समितिको बैठकले सााधारण सभा गर्ने निर्णय गरेको हो ।

सभाले शेयरधनीहरुलाई ५ प्रतिशत बोनस शेयर कर प्रयोजनका लागि शून्य दशमलव २६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । 

साथै, सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा एक्विजिशन सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, प्रबन्धपत्र संशोधन गर्ने लगायतका प्रस्ताव पनि पारित गर्नेछ ।

साधारण सभा र लाभांश प्रयोजनका लागि पुस १७ गतेदेखि २९ गतेसम्म बुक क्लोज गर्ने तयारी कम्पनीको छ । बुक क्लोजको आधारमा पुस १६ गतेसम्म कायम शेयरधनीहरु मात्र सभाभा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।