लाभांश पारित गर्न आइसिएफसी फाइनान्सले बोलायो साधारण सभा

लाभांश पारित गर्न आइसिएफसी फाइनान्सले बोलायो साधारण सभा


बैकिङ्ग समाचार । 

आइसिएफसी फाइनान्स कम्पनीले पुस २९ गते साधारण सभा बोलाएको छ । कम्पनीले रजिष्टर्ड कार्यालय टंगाल, काठमाडौंमा बिहान ११ बजे भर्चुअल माध्यमबाट गर्ने साधारण सभा गर्ने जानकारी दिएको हो ।

सभाले १० दशमलव ५ प्रतिशत बोनस शेयर र ४ दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै संस्थापक समूहको सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव पारित गर्नेछ ।

साधारण सभा प्रयोजनको लागि शेयरधनी दर्ता पुस्तिका पुस १९ गते देखि २९ गते सम्म बन्द रहनेछ । पुस १८ गते सम्म कायम शेयरधनीले लाभांश पाउनेछन् । कम्पनीको पुस ७ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।