१५ % लाभांश पारित गर्न साधारण सभा बोलायो कृषि विकास बैंकले

१५ % लाभांश पारित गर्न साधारण सभा बोलायो कृषि विकास बैंकले


बैकिङ्ग समाचार । 

कृषि विकास बैंकले चौधौं वार्षिक साधारण सभा पुष २९ गते बोलाएको छ । कम्पनीले बिहान ११ बजे कृषि विकास बैंकको केन्द्रीय तालिम प्रतिष्ठान बोडे, भक्तपुरमा सभा बोलाएको हो । 

कोरोना महामारीको जोखिमलाई मध्यनजर गर्दै सभा भर्चुअल माध्यमबाट सम्पन्न गर्ने कम्पनीले जानकारी दिएको छ । कम्पनीको पुस ६ गते बसेको सञ्चालक समितिको बैठकले सभा गर्ने निर्णय गरेको हो । 

साधारण सभाको प्रस्तावमा कम्पनीले शेयरधनीहरुलाई १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ७८ प्रतिशत नगद लाभांश वितरण गर्ने रहेको छ । साथै कम्पनीले अग्राधिकार शेयरमा पनि ६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव राखेको छ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले पुस १५ गते बुकक्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा पुस १४ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन तथा लाभांश पाउनेछन् ।