प्राइम कमर्सियल बैंकको १३औं वार्षिक साधारणसभा पुस २९ मा

प्राइम कमर्सियल बैंकको १३औं वार्षिक साधारणसभा पुस २९ मा


बैकिङ्ग समाचार । 

प्राइम कमर्सियल बैंक लिमिटेडको १३औं वार्षिक साधारसभा पुस २९ गते बुधबार हुने भएको छ । बैंक सञ्चालक समितिको मंगलबार बसेको बैठकले बैंकको केन्द्रीय कार्यालय कमलपोखरी, काठमाडौंमा विहान १० बजे सभा आयोजना गर्ने निर्णय गरेको हो । 

सभाले सञ्चालक समितिले प्रस्ताव गरेको चुक्तापूँजीको १५ प्रतिशत बोनश शेयर पारित गर्ने छ भने सोही बमोजिम बैंकको प्रवन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि पारित गर्नेछ । 
बैकले उपयुक्त बैंक तथा वित्तीय संस्थाहरुसँग एक आपसमा गाभ्ने÷गाभिने वा प्राप्ति गर्नका लागि आवश्यक काम गर्ने अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव सभाबाट पारित हुनेछ ।

त्यस्तै नगद लाभांश तथा बोनश शेयर प्रयोजनको लागि पुस २० गते शेयर दाखिल खारेज दर्ता बन्द (बुक क्लोज) रहने छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से)मा १९ गतेसम्म कारोबार भई ७ कार्य दिनभित्र बैंकको शेयर रजिष्ट्रार, सिभिल क्यापिटल मार्केट्स लिमिटेडमा प्राप्त शेयर नामसारीको लिखतको आधारमा शेयरधनी दर्ता किताबमा कायम शेयरधनीहरुले सभामा भाग लिन र बोनश शेयर पाउने छन् ।