कामना सेवा बैंकको साधारण सभा आह्वान, मर्जरमा जाने प्रस्ताव पारित गर्दै

कामना सेवा बैंकको साधारण सभा आह्वान, मर्जरमा जाने प्रस्ताव पारित गर्दै


बैकिङ्ग समाचार ।

कामना सेवा विकास बैंकले पुस २९ गते बुधबार बैंकको १४ औँ वार्षिक साधारण सभा आह्वान गरेको छ ।

बैंक सञ्चालक समितिको पुस ७ गते सम्पन्न ३०४ औं बैठकले पार्क भिलेज रिर्सोट बुढानिलकण्ठमा बिहान १० बजे भर्चुअल माभ्यमबाट सभा डाक्ने निर्णय गरेको हो ।

सभाले बैंकको सञ्चालक समितिले प्रस्ताव गरेको गत आर्थिक वर्ष २०७६।७७ को मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ४.४० प्रतिशत बोनस शेयर र कर सहित ०.२३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

यसैगरी कामना सेवा र अन्य कुनै उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्वीजिशनका लागि आवश्यक अन्य सम्पूर्ण कार्यहरु गर्न गराउन सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गर्नेछ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि बैंकले पुस १६ गते बिहीबारदेखि पुस २९ गतेसम्म शेयर दाखिल खारेज बन्द गर्ने भएको छ । यसअनुसार पुस १५ गते बुधबारसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।