सबैभन्दा धेरै लाभांश प्रस्ताव गरेको नबिल बैंकले पुस २९ लाई डाक्यो साधारण सभा

सबैभन्दा धेरै लाभांश प्रस्ताव गरेको नबिल बैंकले पुस २९ लाई डाक्यो साधारण सभा


बैकिङ्ग समाचार ।

वाणिज्य बैंकहरुमध्ये सबैभन्दा धेरै लाभांश प्रस्ताव गरेको नबिल बैंकले पुस २९ गते बुधबार गत आर्थिक वर्ष २०७६/७७ को वार्षिक साधारण सभा आह्वान गरेको छ ।

बैंक सञ्चालक समितिको पुस ७ गते मंगलबार सम्पन्न सञ्चालक समितिको बैठकले बैंकको केन्द्रीय कार्यालय, दरबारमार्ग, काठमाडौँमा बिहान १० बजे बैंकको ३६ औं वार्षिक साधारण सभा आह्वान गरेको हो ।

सभाले गत आर्थिक वर्ष २०७६/७७ को नाफाबाट बैंकका शेयरधनीहरूलाई ३३.५ प्रतिशत बोनस शेयर र १.७६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गर्नेछ ।

यसैगरी अन्य उपयुक्त बैंक वित्तीय संस्थासँग गाभ्ने वा गाभिने (मर्जर।प्राप्ती) गर्ने वा वैदेशिक रणनीतिक साझेदारीमा जान उपयुक्त देखिएमा बैंकको चल अचल सम्पत्ति तथा दायित्व नियुक्त, पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्ताव पनि पारित गर्ने एजेण्डा राखेको छ ।

अधिकृत पूँजी १४ अर्ब, चुक्ता पूँजी १३३ अर्ब ४८ करोड १ लाख ५९ हजार पुर्याउने, सभामा बैंकको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६।७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरू छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्तावहरु उपर छलफल गरी पारित गर्ने एजेण्डाहरु पनि सभामा समावेश गरिएको छ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले पुस १५ गते बुधबार शेयरधनी दर्ता खारेजी (बुकक्लोज) गर्ने निर्णय गरेको छ । यसअनुसार १४ मंगलबारसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश पाउनेछन् ।