नेपाल पुनर्बीमा कम्पनीको साधारणसभा पुस २९ लाई आह्वान, ७ प्रस्ताव पेश हुने

नेपाल पुनर्बीमा कम्पनीको साधारणसभा पुस २९ लाई आह्वान, ७ प्रस्ताव पेश हुने


बैकिङ्ग समाचार ।

नेपाल पुनर्बीमा कम्पनीले आर्थिक वर्ष ७५/७६ साधारणसभा आह्वान गरेको छ । कम्पनीले पुस २९ गते बुधबार कार्की ब्यांक्वेटमा सभा आह्वान गरेको हो ।

सभामा अध्यक्षको प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, प्रबन्धपत्र  नियमावलीमा आवश्यक संशोधन गर्ने, लेखापरीक्षकको नियुक्ति गरि निजको पारिश्रमिक तोक्ने, सामाजिक उत्तरदायित्व अन्तर्गत भएका खर्च अनुमोदन गर्ने लगायतका प्रस्ताव पेश हुने छन् । त्यस्तै सभामा  नेपाल सरकार बाहेकका संस्थागत लगानीकर्ताबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने १ जना र सर्बसाधारण शेयरधनीबाट प्रतिनिधित्व गर्ने एक जना गरि कुल २ जना संचालकको लागि निर्वाचन हुने छ  ।

कम्पनीले लाभांश भने घोषणा गरेको छैन । कम्पनी स्थापना भएको ३ वर्षसम्म लाभांश वितरण गर्न नपाइने कानुनी ब्यबस्थाको कारण कम्पनीले लाभांश घोषणा नगरेको हो  ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस १६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ  । पुस १५ गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभामा उपस्थिति जनाउन सक्ने छन्  ।

\"\"