सेयर बजारमा नयाँ रेकर्डः नेप्से सुचक ५१ अंकले बढ्यो, ४ अर्ब माथिको कारोबार

सेयर बजारमा नयाँ रेकर्डः नेप्से सुचक ५१ अंकले बढ्यो, ४ अर्ब माथिको कारोबार


बैकिङ्ग समाचार ।
बुधबार सेयर बजारमा बहार छाएको छ । दिनभर भएको तीब्र उतारचढावबीच सेयर कारोबार मापक नेप्से परिसूचक बुधबार ५० दशमलव ९३ अंकले बढेर १ हजार ५ सय ९६ दशमलव १३ मा पुगेको छ ।

बुधबारको तुलनामा नेप्से परिसूचक ३ दशमलव ३० अंकले बढेको हो । कारोबार रकममा समेत ४ अर्ब भन्दा बढीको भई नेप्सेमा सेयर कारोबार रकमले रेकर्ड नै ब्रेक समेत गरेको छ ।

कारोबार रकममा मात्रै कारोबार संख्यामा समेत नेप्सेले रेकर्ड ब्रेक गरेको छ । दिनभर भएका ३२ हजार १ सय ५४ कारोबारबाट ९९ लाख ६ हजार ९ सय ८९ कित्ता सेयर किनबेच भएका छन् ।

जसअनुसार कारोबार रकम ४ अर्ब १५ करोड ४८ लाख ८३ हजार ९२ रुपैयाँ पुगेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । यस अघि गत आइतबार कारोबार रकम, कारोबार संख्या र किनबेच भएको सेयरको संख्यामा नेपालको पुँजी बजारको इतिहासमै नयाँ रेकर्ड कामय भएको थियो ।

त्यसदिन ३० हजार ४ सय ५६ कारोबारबाट कूल १७८ कम्पनीको ८७ लाख ६९ हजार ५२२ कित्ता सेयर किनबेच भएको थियो । सेयर कारोबार रकममा समेत नयाँ रेकर्ड कायम भएको छ ।

गत आइतबार तीन अर्ब ६० करोड ८५ लाख २६ हजार ३५४ रुपैयाँको सेयर कारोबार भएर नयाँ किर्तिमान कायम भएको थियो ।

बुधबार ४ अर्ब १५ करोड ४८ लाख ८३ हजार ९२ रुपैयाँको कारोबार भएर नयाँ रेकर्ड कायम भएको हो ।