हालसम्मकै बढी आवेदन परेको प्रभु लाइफ इन्स्योरेन्सको आईपीओ बिहीवार बाँडफाँट गर्ने तयारी

हालसम्मकै बढी आवेदन परेको प्रभु लाइफ इन्स्योरेन्सको आईपीओ बिहीवार बाँडफाँट गर्ने तयारी


बैकिङ्ग समाचार ।

प्रभु लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओ ढिलोमा बिहीवार बाँडफाँट गर्ने तयारी विक्री प्रबन्धकले गरेको छ । विक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले डाटा भेरिफाइको काम अन्तिम चरणमा रहेकाले बिहीवारसम्ममा बाँडफाँट गरिसक्ने बताएको हो ।

मंगलवारनै प्रि अलोटमेण्ट गर्ने गरी काम भइरहेको बताउँदै क्यापिटलले मंगलवार नभ्याए बुधवारसम्म प्रि अलोटमेण्ट गरी बिहीवार बाँडफाँट गर्ने जानकारी दिएको हो । 

उक्त कम्पनीले मंसिर २९ गतेदेखि पुस २ गतेसम्म सार्वजनिक निष्कासन मार्फत ५४ लाख कित्ता आईपीओ विक्री खुला गरेको थियो । कम्पनीले सर्वसाधारणका लागि छुट्याईएको कुल ६० लाख कित्ता आईपीओ मध्य ३ लाख कित्ता कम्पनीको कर्मचारीहरुका लागि र ३ लाख कित्ता सामूहिक लगानीकोषका लागि छुट्याएको छ । यो आईपीओले आवेदक संख्यामा हालसम्मकै रेकर्ड तोडेको छ ।

विक्री प्रबन्धकका अनुसार १० लाख ८२ हजार २२९ आवेदकबाट २ करोड ९३ लाख ६७ हजार २४० कित्ताको माग भएको छ । जुन मागभन्दा ५ गुणा बढी आवेदन हो ।
हाल कम्पनीमा संस्थापक तर्फको मात्र रू. १ अर्ब ४० करोड चुक्तापूँजी रहेको छ । जीवन बीमा कम्पनीहरुले कायम गर्नुपर्ने रू. २ अर्ब पूँजी सर्वसाधारणमा आईपीओ विक्री गरेपछि कायम हुनेछ ।