नेपाल लाइफ इन्स्योरेन्सले गर्‍यो ५१ % लाभांशको प्रस्ताव

नेपाल लाइफ इन्स्योरेन्सले गर्‍यो ५१ % लाभांशको प्रस्ताव


बैकिङ्ग समाचार ।

नेपाल लाइफ इन्स्योरेन्सले अघिल्लो आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीलाई ५१ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

कम्पनीको मंगलबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७५/७६ को कमाईबाट ३१ प्रतिशत बोनस शेयर र २० प्रतिशत नगद लाभांश गरी कुल ५१ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश बीमा समिति र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीलाई वितरण हुनेछ ।

हाल कम्पनीको चुक्ता पूँजी ५ अर्ब ४९ करोड ६१ लाख रुपैयाँ छ । बोनस वितरणपछि कम्पनीको चुक्ता पूँजी ७ अर्ब १९ करोड पुग्ने छ ।

कम्पनीले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट २५ प्रतिशत बोनस र २३.५ प्रतिशत नगद गरी कूल ४८.५ प्रतिशत लाभांश दिएको थियो ।