उद्यमशीलता र कृषि विकासका लागि विश्व बैंकको साढे ९ अर्ब ऋण

उद्यमशीलता र कृषि विकासका लागि विश्व बैंकको साढे ९ अर्ब ऋण


बैकिङ्ग समाचार ।

नेपाल सरकार र विश्व बैंकबीच ‘ग्रामीण उद्यम र आर्थिक विकास’ आयोजनाका लागि वित्तीय सम्झौता पत्रमा हस्ताक्षर भएको छ।

सम्झौता अनुसार विश्व बैंकले महामारीपछिको उद्यमशीलता र कृषिको विकासका लागि नेपाललाई करिब ९ अर्ब ५० करोड रूपैयाँ (८ करोड अमेरिकी डलर) बराबरको ऋण सहयोग उपलब्ध गराउने भएको छ ।

ऋण सम्झौतामा अर्थ मन्त्रालयका सचिव शिशिरकुमार ढुंगाना र विश्व बैंकका नेपाल, श्रीलंका र बंगलादेशका राष्ट्रिय निर्देशक फारिस हदाद जेर्भोसले हस्ताक्षर गरेका छन्।

आयोजनाअन्तर्गतको रकम बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा उद्यमी र बजारको सम्बन्ध स्थापित गर्ने गरी क्षमता विकासमा परिचालन गरिनेछ।

सम्झौता पछि ग्रामिण कृषि उत्पादनको बजार पहुँच र ग्रामीण उद्यमशिलताको प्रवद्र्धन गर्दै कोभिड महामारी पछिको आर्थिक पुनरउत्थानलाई अभिवृद्धि गर्ने विश्वास गरिएको छ।