एनएमबि बैंकको लाभांश घोषणा

एनएमबि बैंकको लाभांश घोषणा


बैकिङ्ग समाचार ।

एनएमबि बैंकले लाभांश घोषणा गरेको छ। कम्पनीको पुस ५ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट वितरण गरिने लाभांश प्रस्ताव गरेको हो । 

जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको १३ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ३.२० प्रतिशत नगद गरि कुल १६.२० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ ।

\"\"