हिमालयन बैंकको २८औं वार्षिक साधारणसभा पुस २७ गते

हिमालयन बैंकको २८औं वार्षिक साधारणसभा पुस २७ गते


बैकिङ्ग समाचार ।

हिमालयन बैंक लिमिटेडको २८औं वार्षिक साधारणसभा पुस २७ गते सोमबार हुने भएको छ । बैंकले केन्द्रीय कार्यालयबाट भिडियो कन्फ्रेन्समार्फत बिहान ११ बजे सभा आयोजना गरेको हो । सभामा भिडियो कन्फ्रेन्समार्फत सहभागी हुने शेयरधनीहरुलाई मिटिङ लिंक र पासकोर्ड उपलब्ध गराउने व्यवस्था गरिएको बैंकले जनाएको छ । 

सभाले बैंकको अधिकृत पूँजी रु १२ अर्बबाट वृद्धि गरी रु १५ अर्ब रुपैयाँ पु¥याउँने प्रस्ताव स्वीकृत गर्नेछ । त्यस्तै चुक्तापूँजीको १४ प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पनि पारित गर्ने छ । हाल बैंकको चुक्तापूँजी रु ९ अर्ब ३७ करोड २२ लाख रहेको छ । 

बैंकले साधारणसभा परियोजनाका लागि पुस १४ गतेदेखि २७ गतेसम्म शेयर दाखिल खारेज बन्द (बुक क्लोज) रहने छ ।