“८.५०% सानिमा डिबेञ्चर २०८७” मा आगामी १५ गतेसम्म आवेदन दिन सकिने

“८.५०% सानिमा डिबेञ्चर २०८७” मा आगामी १५ गतेसम्म आवेदन दिन सकिने


बैकिङ्ग समाचार ।

पुस १ गतेदेखि विक्रि खुल्ला भएको ८.५० प्रतिशत व्याजदर भएको १० वर्षे सानिमा बैंकको ऋणपत्रमा आगामी १५ गतेसम्म आवेदन दिन पाइने भएको छ । पुस १ गतेदेखि पुस ५ गतेसम्म विक्री खुल्ला गरिएको भएपनि निष्कासन प्रयोजनको लागि तयार गरिएको विवरणपत्रको दफा ग २२ (ठ) मा भएको व्यवस्था अनुसार पुस १५ गतेसम्म ऋणपत्रमा आवेदन दिन सक्ने व्यवस्था गरिएको हो । 

तर, मागभन्दा बढी आवेदन प्राप्त भएमा जुनसुकै दिन सूचना प्रकाशन गरी आवेदन बन्द गरिने बताइएको छ । सानिमा बैंकले रु १,००० अंकित मूल्यका कुल रु २ अर्ब ४० करोडको ४०,००,००० कित्ता ऋणपत्र खुल्ला गरेको छ । यो ऋणपत्रमा न्यूनतम २५ कित्ता र अधिकतम १६,००,००० कित्ता आवेदन दिन सकिन्छ । 

सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वितीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्ने छन् । त्यस्तै व्यक्तिगत तवरको हकमा विक्री प्रवन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड र सानिमा बैंक लिमिटेडको रजिष्टर्ड कार्यालयबाट आवेदन दिन सक्ने व्यवस्था गरिएको छ ।