मुक्तिनाथ विकास बैंकले ल्यायो दुई आकर्षक कर्जा योजना, यस्ता छन् फाइदा 

मुक्तिनाथ विकास बैंकले ल्यायो दुई आकर्षक कर्जा योजना, यस्ता छन् फाइदा 


बैकिङ्ग समाचार ।

मुक्तिनाथ विकास बैंकले फरक प्रकृतिका दुई आकर्षक कर्जा योजनामा संचालनमा ल्याएको छ । 

बैंकले आवासीय प्रयोजनका लागि आफ्नो वा एकाघर सदस्यको स्वामित्वमा रहेको घरघडेरी तथा फ्ल्याट वा अपार्टमेन्टमा भएको स्व–लगानीमा डेब्ट लेभरेज लिने गरी इक्वीटी फाइनान्सिङ गरिने र अन्य बैंक तथा वित्तीय संस्थाले लगानी गरेको कर्जालाई पुनः लगानी गर्न सकिने गरी मुक्तिनाथ घरपूँजी कर्जा सञ्चालनमा ल्याएको हो । 

घरपूँजी कर्जा आकर्षक ब्याजदरमा १५ वर्षका लागि लिन सकिने बैंकले जनाएको छ । 

यसैगरी, बैंकले मुक्तिनाथ सरल व्यवसायिक कर्जा पनि सञ्चालनमा ल्याएको छ । यस कर्जा विभिन्न व्यवसाय स्थापना गर्न, आधुनिकीकरण गर्न र साथै व्यवसायमा हाल भइरहेको पूँजीगत तथा चालुपूँजी स्व–लगानीमा फाइनान्सियल लेभरेज लिने गरी उद्योग, व्यापार एवम् सेवामूलक संस्था वा व्यवसाय सञ्चालनका लागि आवश्यक पर्ने संरचना÷पूर्वाधारमा लाग्ने पूँजीगत खर्चहरु परिपूर्ति र मौज्दात, आसामी, पेश्कीलगायत स्थायी प्रकृतिका चालुपूँजी आवश्यकता पूरा गर्न तथा दैनिक कार्य सञ्चालनका लागि आवश्यक पर्ने अन्य कार्यशील पूँजीको लागि प्रदान गरिने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

मुक्तिनाथ विकास बैंकले हाल ४२ जिल्लामा १३४ वटा शाखाहरुमार्फत ग्राहकका आवश्यकताबमोजिमका सबै प्रकारका बचत, निक्षेप तथा कर्जा सेवाहरु प्रदान गर्दै आइरहेको छ । 

साथै, प्रविधिमा आधारित रही मेबाइल बैंकिङ्ग, क्यूआर पेमेन्ट, एटिएम, अनलाईन बैंकिङ्गलगायतका सेवाहरु पनि प्रदान गर्दै आइरहेको छ ।