प्राइम र कैलाश बैंक मर्जर हुँदै, राष्ट्र बैंकबाट अन्तिम स्वीकृति

प्राइम र कैलाश बैंक मर्जर हुँदै, राष्ट्र बैंकबाट अन्तिम स्वीकृति


बैकिङ्ग समाचार ।
प्राइम कमर्शियल बैंक र कैलाश विकास बैंकको मर्जरलाई राष्ट्र बैंकले अन्तिम स्वीकृति प्रदान गरेको छ । गत साता बसेको राष्ट्र बैंकको सञ्चालक समितिको बैठकले मर्जरको अन्तिम स्वीकृति दिएको छ । 

गत असार २० गते दुई बैंकबीच मर्जरमा जाने सैद्दान्तिक समझदारी भएको थियो । यी दुई बैंकको मर्जरलाई राष्ट्र बैंकले गत असोज दोस्रो साता सैद्दान्तिक सहमति दिएको थियो । दुई बैंकबीच गत पुस ३ गते मर्जरको अन्तिम समझदारी पत्रमा हस्ताक्षर भएको थियो ।

प्राइम बैंक स्रोतका अनुसार ढिलोमा २ हप्ताभित्र एकीकृत कारोबार हुनेछ ।

‘राष्ट्र बैंकबाट अन्तिम स्वीकृतिको चिठ्ठी आइपुगेको छैन, चिठ्ठी हात परेको दुई साताभित्रै एकीकृत कारोबार गर्नेछौं,’ स्रोतले भन्यो ।
कैलाशलाई गाभेपछि प्राइम बैंकको चुक्ता पुँजी १३ अर्ब ९५ करोड र पुँजी कोष १९ अर्ब रुपैयाँ पुग्ने छ । त्यसैगरी, १ खर्ब २८ अर्ब निक्षेप र १ खर्ब १५ अर्ब रुपैयाँ कर्जा पुग्नेछ ।

देशभर २०० वटा शाखा सञ्जाल हुनेछन् भने काठमाडौंमा मात्रै ५० भन्दा बढी शाखा हुनेछन् ।