कृषि विकास बैंकले ६ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्ने

कृषि विकास बैंकले ६ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्ने


बैकिङ्ग समाचार ।

कृषि विकास बैंकले ६ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्न धितोपत्र बोर्डमा आवेदन दिएको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा ६० लाख इकाई ऋणपत्र बिक्री गर्न लागेको हो । यसमध्ये २४ लाख इकाई सर्वसाधारणका लागि खुला हुनेछ । बाँकी ३६ लाख इकाई भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ । यस ऋणपत्रमा वार्षिक ४% ब्याजदर पाइनेछ ।

बैंकले ७ वर्ष अवधिको कृषि डिबेन्चर नाममा ऋणपत्र जारी गर्न लागेको हो । यसमा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यपिटलले गर्नेछ । अब नेपाल धितोपत्र बोर्डले अनुमति दिएपछि बिक्री प्रक्रिया अघि बढ्नेछ ।