नेपाल बैंक र रत्ननगर नगरपालिकाबीच सहकार्य गर्ने सम्झौता

नेपाल बैंक र रत्ननगर नगरपालिकाबीच सहकार्य गर्ने सम्झौता


बैकिङ्ग समाचार ।

नेपाल बैंक लिमिटेड र चितवन जिल्लास्थित रत्ननगर नगरपालिका बिच सम्झौता भएको छ । सम्झौत अनुसार रत्ननगर नगरपालिकाद्वारा सञ्चालन गर्न लागिएका विभिन्न कार्यक्रम तथा अभियानमा नेपाल बैंकले सहकार्य गर्ने भएको छ ।
नेपाल बैंक र रत्ननगर नगरपालिकाबीच ‘नगरप्रमुख उद्यमशिलता विकास कार्यक्रम’ अन्तर्गत ऋण प्रवाह तथा ब्याज अनुदान सम्बन्धमा सम्झौता भएको हो । उक्त नगरपालिका क्षेत्रका कृषि तथा पशुपंक्षीजन्य ब्यवसाय प्रवर्धन तथा रत्ननगर नगरपालिकाको नगर प्रमुख उद्यमशिलता विकास कार्यक्रम निर्देशिका, २०७७ अन्तर्गत उद्यमशिल बन्न चाहने नगरबासी एवं नेपाल राष्ट्र बैकको सहुलियतपूर्ण कर्जाका लागि एकीकृत ब्याज अनुदान कार्यविधि २०७५ अन्तर्गत योग्यता पुगेका उद्यमीहरुलाई ऋण प्रवाह तथा ब्याज अनुदान दिनेने छ ।
स्वरोजगारीको अवसर तथा उद्यम प्रवद्र्धन गर्न, विदेशबाट फर्केका युवाहरुको विदेशमा आर्जन गरेको सीप र व्यावसायिक दक्षता उपयोग गर्दै उनीहरुलाई स्वरोजगार बनाउन, महिला उद्यमशील क्षमताको विकास गर्न, दलित समुदायको परम्परागत सीप र पेशालाई आधुनिकीकरण गर्न र सीमान्तकृत, अपांगता तथा विपन्न वर्गलाई विशेष प्राथमिकता दिई आय आर्जनका लागि सहुलियत प्रदान गरी उद्यमशिलता विकास तथा वित्तीय पहुँच बढाउन सहाकर्य भएको हो ।
सम्झौतामा नेपाल बैंक लिमिटेडको तर्फकाट प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी तथा रत्ननगर नगरपालिकाको तर्फबाट नगर प्रमुख नारायण वनले हस्ताक्षर गरे । नेपालकै फ्ल्यागसिप बैंकको रुपमा रहेको नेपाल बैंकले २०३ वटा शाखाहरु, १३२ बटा एटिएम तथा ३८ वटा एक्स्टेन्सन काउण्टर मार्फत बैंकिङ्ग सेवा दिँदै आएको छ । चालु आर्थिक वर्ष भित्रै शाखा सञ्जाल बढाउँदै यसको कुल शाखा संख्या २१४ पु-याउने लक्ष्य रहेको बैंकले जनाएको छ ।