प्रभु बैंकको साधारणसभा आह्वान, पुस १० मा बुक क्लोज

प्रभु बैंकको साधारणसभा आह्वान, पुस १० मा बुक क्लोज


बैंकिङ्ग समाचार । 

प्रभु बैंकले साधारणसभा आह्वान गरेको छ । बैंकले पुस २६ गते आइतबार बिहान १० बजे आफ्नै केन्द्रीय कार्यलयमा सभा आह्वान गरेको हो । बैंकले साधारणसभामा भौतिक रुपमा सिमित व्यक्तिलाई प्रवेश गर्न दिईने र अन्यलाई भर्चुअल माध्यमबाट उपस्थिति गराईने जनाएको छ । 

सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । बैंकले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट शेयरधनीलाई  हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.५२६३ प्रतिशत नगद लाभांश गरि कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।  साधारणसभाले पारित गरेपछि लगानीकर्तामा उक्त लाभांश वितरण हुने छ । 

त्यस्तै सभामा अध्यक्षको प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, प्रबन्धपत्र  नियमावलीमा आवश्यक संशोधन गर्ने, लेखापरीक्षकको नियुक्ति गरि निजको पारिश्रमिक तोक्ने लगायतका प्रस्ताव पेश हुने छन् । त्यस्तै सभामा ऋणपत्र जारि गर्न छलफल गर्ने, र संस्थापकतर्फबाट ३ जना र सर्बसाधारण समुहबाट ३ जना गरि संचालक समितिमा प्रतिनिधित्व गर्नको लागि ६ जना संचालकको निर्वाचन गर्ने प्रस्ताव रहेको छ । 

साथै सभामा मर्जर तथा एक्विजिसनको लागि आवश्यक कार्य गर्ने अख्तियारी संचालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव पनि सभामा पेश गर्दै छ । 

बैंकले साधारणसभा प्रयोजनको लागि पुस १० गते बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस ९ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।