स्ट्याण्डर्ड चार्टर्ड बैंकको साधारण सभा पुस २४ मा

स्ट्याण्डर्ड चार्टर्ड बैंकको साधारण सभा पुस २४ मा


बैंकिङ्ग समाचार ।
स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालले पुस २४ गते ३४ औं वार्षिक साधारण सभा बोलाएको छ । बैंकको मंसिर ३० गतेको सञ्चालक समितिको बैठकले एभरेष्ट होटल, नयाँ बानेश्वर, काठमाडौंमा अपरान्ह १२ः१५ बजे सभा गर्ने निर्णय गरेको हो । 

साधरण सभाले गत आर्थिक वर्ष ०७६/७७ को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै प्रस्तावित ७ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत ४ दशमलव ८४ प्रतिशत नगद लाभांश समेत पारित गर्नेछ ।

हाल यस बैंकको चुक्तापूँजी ८ अर्ब १ करोड १४ लाख ३१ हजार रुपैयाँ रहेको छ । सोही पूँजीको आधारमा गत आवको सञ्चित मुनाफाबाट लाभांश वितरण गर्ने तयारी बैंकले गरेको हो ।

साधारण सभा प्रयोजनका लागि बैंकले पुस ९ गतेदेखि बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा पुस ८ गतेसम्म कायम शेयरधनीहरु मात्र लाभांश प्राप्त गर्न र सभामा भाग लिन योग्य हुने छन ।