बामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने नेकपाको निर्णय, अर्थमन्त्री खतिवडाको पद के होला ? 

बामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने नेकपाको निर्णय, अर्थमन्त्री खतिवडाको पद के होला ? 


बैकिङ्ग समाचार ।

नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठकले राष्ट्रपतिबाट मनोनित हुने राष्ट्रियसभा सदस्य पदमा उपाध्यक्ष बामदेव गौतमलाई लैजाने औपचारिक निर्णय गरेको छ ।

नेकपाको सचिवालयको बैठकले फागुन २० देखि रिक्त हुन लागेको राष्ट्रियसभाको सदस्यमा बामदेव गौतमलाई नियुक्त गर्ने निर्णय गरेको हो । सरकारको सिफारिसमा राष्ट्रियसभा सदस्य रहेका अर्थमन्त्री डा युवराज खतिवडाको ठाउँमा बामेदव गौतमको नियुुक्ती हुने छन् । 

यो सँगै अर्थमन्त्री खतिवडाको कार्यकाल सकिने छ । राष्ट्रियसभाको कार्यकाल सकिएपछि ६ महिनासम्म खतिवडा अर्थमन्त्री रहन्छन् या रहदैनन् भन्ने अझैसम्म पनि जानकारी हुन नसकेको नेकपाका एक नेताले बताए ।