नेपाल बैंककाे लाभांश घाेषणा

नेपाल बैंककाे लाभांश घाेषणा


बैंकिङ्ग समाचार ।

नेपाल बैंक लिमिटेडले गत आर्थिक वर्षको शेयर प्रिमियम तथा वितरण योग्य मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

 

बैंकले शेयर प्रिमियमबाट चुक्ता पूँजीको १२ प्रतिशत बोनस शेयर र वितरण योग्य मुनाफाबाट ४ प्रतिशत नगद लाभांश (कर सहित) गरी कुल १६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइ आगामी वार्षिक साधारण सभाले स्वीकृत गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

\"\"