बाफिया विधेयक संसदमा पेस, सांसदहरुको चर्को विरोध 

बाफिया विधेयक संसदमा पेस, सांसदहरुको चर्को विरोध 


बैकिङ्ग समाचार ।

प्रतिनिधि सभाको बैठकमा सांसदहरुले बैंक तथा वित्तीय संस्था ऐन संशोधन गर्न बनेको (बाफिया) विद्येयकमा राय पेश गर्दै त्यसमा उल्लेख भएको उमेरको हकको विषयमा थुप्रै सांसदहरुले विरोध गरेका छन् । 

बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले पेश गरेको उक्त विद्येयकमा आफ्नो राय पेश गर्ने सांसदहरुले संचालकको उमेर हदको विषयमा विरोध गरेका हुन ।

सांसद राजेन्द्र कुमार केसीले बहुमतको सरकारले मुलुकमा उधार अर्थ नीति र खुल्ला बजार व्यवस्था रहने भनेपनि त्यो अनुसार सरकारको नीति नआएको बताए । अब सरकारको दायित्व निजी क्षेत्रलाई पनि प्रोत्साहन गर्दै जान आवश्यक पर्ने बताए ।

विद्येयकमा निजी क्षेत्रलाई बढी नै नियन्त्रण गर्न खोजिएको केही बुँदाहरु रहेको भन्दै बैंकहरुले मुलुकमा रोजगारी र्सिजन गरेको तर्फ सरकारको ध्यान जान अवाश्यक रहेको उनको भनाई छ ।

विद्येयकमा निजी क्षेत्रका बैंकलाई बढी नै नियन्त्रण गर्न खोजेको प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस बताउँछ । बैंक अहिले धेरै बैंकका सीइओहरु राष्ट्र बैंकबाट अवकास पाएका कर्मचारीहरुको आधिपत्य रहेको र बैंकको सीइओको शैक्षिक योग्यता र उमेरमा हदबन्धी लगाउँदा अन्य क्षेत्रबाट आउँन नसकेर राष्ट्र बैंक कै कर्मचारीको भुमिका बढ्ने कांग्रेसको दाबी छ ।