लक्ष्मी बैंकले गर्यो लाभांश प्रस्ताव

लक्ष्मी बैंकले गर्यो लाभांश प्रस्ताव


बैंकिङ्ग समाचार ।

लक्ष्मी बैंकले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ ।

सोमबार बसेको बैंक संचालक समितिको बैठकले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट कुल ११.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

बैंकले हाल कायम चुक्ता पुँजीको ९ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि २.५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृती पश्चात बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तालाई वितरण हुने छ ।

\"\"