सात महिनामा जीवन बीमा कम्पनीले आर्जन गरे ५४ अर्ब बीमा शुल्क

सात महिनामा जीवन बीमा कम्पनीले आर्जन गरे ५४ अर्ब बीमा शुल्क


बैकिङ्ग समाचार ।

चालु आर्थिक वर्षको ७ महिना सम्ममा सञ्चालनमा रहेका १९ वटा जीवन बीमा कम्पनीले ५४ अर्ब ३ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् ।

बीमा समितिका अनुसार ७ महिनाको अवधिमा जीवन बीमा कम्पनीले ५४ अर्ब ३ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका हुन् ।

समितिका अनुसार १९ वटा जीवन बीमा कम्पनीले माघ महिनासम्ममा १७ अर्ब ९० करोड रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गरेका छन् भने नविकरण बीमा शुल्कमार्फत् ३५ अर्ब १६ करोड रुपैयाँ र वैदेशिक रोजगार बीमा शुल्कमार्फत् १ अर्ब ४४ करोड रुपैयाँ आर्जन गरेका छन् ।

समितिका अनुसार ७४ लाख ७८ हजार ८ सय ८४ वटा वटा बीमालेख जारी भएमध्ये जसमा ६६ लाख २५ हजार ८ सय ४७ वटा जीवन बीमालेख र वैदेशिक रोजगार बीमालेखमार्फत ८ लाख ५३ हजार ३७ वटा जीवन बीमालेख जारी गरेका छन् ।

यो अवधिमा नेपाल लाइफ इन्स्योरेन्सले १६ अर्ब ११ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । यस्तै नेपाल लाइफ इन्स्योरेन्स पनि धेरै बीमा शुल्क आर्जन गर्ने बीमा कम्पनीमा लाइफ इन्स्योरेन्स कर्पोरेशन छ । कर्पोरेशनले ८ अर्ब ८४ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको बीमा समितिले जानकारी गराएको छ ।

यता राष्ट्रिय बीमा संस्थानले ६ अर्ब १८ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । नेशनल लाइफले ४ अर्ब ६० करोड, एशियन लाइफले २ अर्ब ६५ करोड, यूनियन लाइफले २ अर्ब ८८ करोड, सूर्या लाइफले १ अर्ब ९१ करोड, मेट लाइफले १ अर्ब ७२ करोड, प्राइम लाइफले १ अर्ब ६९ करोड, गुराँस लाइफले १ अर्ब ११ करोड, रिलायबल लाइफले १ अर्ब २६ करोड बीमा शुल्क आर्जन गरेका छन् ।

यस्तै सिटिजनले ९६ करोड, ज्योतिले ८९ करोड, रिलायन्सले ७१ करोड, आइएमईले ६९ करोड, सन नेपालले ६७ करोड, सानिमाले ४८ करोड, प्रभुले ३८ करोड र महालक्ष्मीले लाइफ इन्स्योरेन्सले ३० करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको बीमा समितिले जनाएको छ ।