नेप्सेले गर्‍यो महुली लघुवित्तको शेयर दोस्रो बजारमा कारोबारको लागि फुकुवा

नेप्सेले गर्‍यो महुली लघुवित्तको शेयर दोस्रो बजारमा कारोबारको लागि फुकुवा

सुरेश शर्मा
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार ।

नेपाल स्टक एक्सचेञ्जले महुली लघुवित्त वित्तीय संस्थाको कारोबार फुकुवा गरेको छ। नेप्सेले कम्पनीको शेयर दोस्रो बजारमा कारोबारको लागि फुकुवा गरेको हो।

नव किरण लघुवित्त र महुली लघुवित्त १००ः९५ शेयरको अनुपातमा आपसमा गाभिएका थिए। मर्जर सम्पन्न भएपश्चात नेप्सेले महुली लघुवित्तकाे नाममा ६ लाख ४२ हजार २०० कित्ता शेयर दोस्रो बजारमा कारोबारको लागि सूचीकृत गरेको छ। त्यस्तै मर्जर प्रयोजनको लागि रोक्का रहेको महुली लघुवित्तको शेयर कारोबार समेत फुकुवा भएको छ।

अब आइतबारदेखि लघुवित्तको शेयर दोस्राे बजारमा कारोबार गर्न सकिने छ। 

\"\"