गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको लाभांश प्रस्ताव

गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको लाभांश प्रस्ताव


बैंकिङ्ग समाचार ।

गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सले लाभांश घोषणा गरेको छ । कम्पनीको बुधबार बसेको संचालक समितिको २२१ औं बैठकले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

जस अनुसार कम्पनीले ८ प्रतिशत बोनस शेयर तथा ३.४० प्रतिशत नगद गरि कुल ११.४० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा बितरण हुने छ । 

हाल कम्पनीको चुक्तापुँजी ८० करोड रहेको छ ।

\"\"