बैंक अफ काठमाडूले १ अर्ब ६० करोड रुपैयाँको ॠणपत्र जारी गर्दै

बैंक अफ काठमाडूले १ अर्ब ६० करोड रुपैयाँको ॠणपत्र जारी गर्दै


बैंकिङ्ग समाचार ।

 बैंक अफ काठमाडूले १ अर्ब ६० करोड रुपैयाँ बराबरको १६ लाख कित्ता ऋणपत्र (डिबेञ्चर) बिक्री खुल्ला गरेको छ । बैंकले सुचना जारी गर्दै बुधबारदेखि बिक्री खुल्ला गरेको हो ।

१० वर्ष अवधि रहेको १,००० रुपैयाँ अंकित उक्त ऋणपत्रको ब्याजदर बैंकले ८.५ प्रतिशत निर्धारण गरेको छ । ‘८.४ प्रतिशत बि ओ के डिबेञ्चर २०८६’ नामक उक्त ऋणपत्र निष्काशन तथा बिक्री प्रवन्धकमा नबिल इन्भेष्मेन्ट बैंकिङ रहेको छ ।

निष्काशन गरिने कुल ऋणपत्रमध्ये ६ लाख ४० हजार कित्ता अर्थात् कुल ६४ करोड ऋणपूँजी रकम सर्वसाधारणको लागि निष्काशन गरिने तथा ९६ करोड रुपैयाँ बराबरको ९ लाख ६० हजार कित्ता विभिन्न व्यक्ति वा संघ–संस्थालाई व्यक्तिगत तवरबाट निष्काशन गरेको हो ।

सर्वसाधारणका लागि निष्काशन गरिने कुल ६ लाख ४० हजार कित्ता ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ३२ हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । बाँकी ६ लाख ८ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने जनाइएको छ ।

साथै, लगानीकर्ताले न्यूनतम २५ कित्ताका र अधिकतममा ३ लाख कित्ताका लागि आवेदन दिन पाउनेछन् ।