साना किसान लघुवित्तको २६.३२ प्रतिशत लाभांश

साना किसान लघुवित्तको २६.३२ प्रतिशत लाभांश


बैंकिङ्ग समाचार । 

साना किसान लघुवित्तले २६.३२ प्रतिशत लाभांश घोषणा गरेको छ ।

लघुवित्त संचालक समितिको मंगलबार सम्पन्न ३९६ औ बैठकले आर्थिक वर्ष २०७६।७७ को नाफाबाट कूल २६.३२ प्रतिशत वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । जसमध्ये २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १.३१५७९ प्रतिशत नगद लाभांश रहेको छ ।

प्रस्तावित लघुवित्तको लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र लगानीकर्ताले पाउनेछन् ।

हाल लघुवित्तको चुक्ता पूँजी १ अर्ब २ लाख २९ हजार रहेको छ ।  २५ करोड ५७ हजार ३५६ रुपैयाँ बोनस वितरणपछि लघुवित्तको चुक्ता पूँजी १ अर्ब २५ करोड २ लाख ८६ हजार ७८२ रुपैयाँ पुग्नेछ ।

\"\"